एन्फा कपमा आर्मीद्धारा पुलिस २-० ले पराजत

भदौ १९, काठमाडौँ-एन्फा कप फुटबल प्रतियोगितामा उपाधिको अर्को दावेदार मानिएको अर्को टोली नेपाल पुलिस पनि बाहिरिएको छ । २ ० गोल अन्तरले पुलीसलाई पराजित गर्न सफल टोली आर्मी भने सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीसँग समीफाइनल प्रवेश गर्ने टोली ३ वटा भएका छन् । नेपाल आर्मी प्रतियोगितामा यसअघि थ्री स्टार क्लव र मनाङ मर्स्याङ्दी क्लव  बाहिरिइ सकेका छन् भने मोफसलको टोली झापा र एपीएफ सेमीफाइन प्रवेश गरीसकेका छन् । दशरथ रंगशालामा अर्को विभागीय टोली नेपाल पुलिसलाई २–० ले हराउँदै आर्मीले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।