सर्वपक्षीय सम्मेलनमा सकारात्मक छौ : प्रम कोइराला

भदौ १९, काठमाडौँ -प्रधानमन्त्री सुशील कोइरालाले नेकपा–माओवादीले भने अनुसारको सर्वपक्षीय राजनीतिक सम्मेलन आयोजन  गर्न आफूहरु सकारात्मक भएको र त्यसबारे शीर्ष दलबिच छलफल भईरहेको बताएका छन् । प्रधानमन्त्रीले संविधानका विवादित विषयहरुमा सहमति जुटाउन सबै प्रयत्नशिल रहेको भन्दै माघ ८ गतेभित्रमै संविधान जारी गर्ने विषयमा शंका नगर्न समेत आग्रह गरेका छन् । प्रम कोइरालाले भदौ २१ गतेभित्रै शासकीय स्वरुप र संघीयताको विषयमा सहमति हुनेमा ढुक्क हुन समेत आग्रह गरेका छन् । राजधानीमा रिपोर्टस क्लबद्धारा संविधान निर्माणमा दबाद दिने उदेश्यले आयोजीत कार्यक्रममा प्रम कोइरालाले सबै  दल  र हामी त्यसकै निम्ती लागीपरेको परेका कारण बैद्यजी संगको वार्तापनि सकारात्मक भैरहेको बताए । सो अवसरमा  कोइरालाले ८ बुँदे माँगलाई पनि हामीले सकारात्मक रुमा लिएको बताए  । शासकीय स्वरुप र संघियतालाई पनि हामी सहमतीमै टुँगाउछौ। त्यसको लागि घनिभूत छलफल भैरहेको छ। तर पनि हामी लोकतान्त्रिक विधि र प्रक्रियालाई अगिंकार गर्ने दलहरु भएको कारण सकेसम्म हामी सहमतीबाटै विवादहरु टुँगाउने उनको भनाइ छ ।