‘इन्डियावाले’ सार्वजनिक

भदौ १९, काठमाडौँ-फराह खानद्वारा निर्देशित चलचित्र ‘ह्याप्पी न्यू इयर’ यो वर्षकै बलिउडको ठुलो चलचित्रमा पर्छ । यही बहुप्रतिक्षित चलचित्रले आफ्नो पहिलो बहुप्रतिक्षित गीत ‘इन्डियावाले’ सार्वजनिक भएको छ ।

विशाल–शेखरको शब्द र बिशाल डेडलानी, केके, शंकर महादेवन र निती मोहनको स्वर रहेको यस गीतको संगीत उत्कृष्ट रहेको छ । चलचित्रका मुख्य कलाकारहरु शाहरुख खान, दिपिका पादुकोण, अभिषेक बचन, बोमन इरानी, सोनु सुद र विभान शाह नै यस गीतमा देखिएका छन् ।

निकै नै सुन्दर र महंगो सेटमा गीतको छायांकन भएको छ । सार्वजनिक हुन नपाउँदै गीतले सामाजिक संजालमा अत्याधिक चर्चा बटुलिसकेको छ । के रहेछ त गीतमा यस्तो जादु, तपाई आफै हेरेर पत्ता लगाउनुस् ।