जादुमय नृत्यमा देखिए सौगात मल्ल

भदौ १९, काठमाडौँ-मंसिर ५ मा अल नेपाल रिलिज हुने नेपाली चलचित्र ‘श्री ५ अम्बरे’को एक गीत सार्वजनिक गरिएको छ । यो मन हमेशा बोलको उक्त गीतलाई डा. कृष्णहरी बरालले रचेका हुन् । प्रह्लाद तिमिल्सिना र मिलन अमात्यको स्वर रहेको यस गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । गीतमा सौगात मल्लले जादुमय नृत्य गरिरहेको पाईन्छ ।टिएन आचार्य र दिपक आचार्यले बनाएको ‘श्री ५ अम्बरे’लाई दिपा बस्नेतले निर्देशन गरेकी छिन् । जीवनसाथी फिल्मस्’को व्यानरमा निर्माण भएको यो चलचित्रले नेपालमा राजा हटेको लामो समय बितिसक्दा पनि व्यक्ति र समाजमा राजा बन्ने प्रवृति कायमै रहेको कथा बोल्ने बताईएको छ । निर्देशक दिपा बस्नेतका अनुसार यो चलचित्रले राजतन्त्रसँग कुनै पनि साईनो जोड्दैन ।

चलचित्रमा सौगात मल्ल, सृजना अधिकारी, बिक्रम सिंह, यमवुद्ध, दिवाज राई, मार्टिन खान, प्रियांका कार्की लगाएतको अभिनय छ । सार्वजनिक गीतमा सौगातको साथमा प्रियांकालाई फिचरिङ् गरिएको छ ।