आर्मी र पुलिस बिच आज प्रतिष्पर्धा हुने

भदौ १९ , काठमाडौं-राजधानीमा जारी एन्फा कप फुटबल प्रतियोगीतामा आज  नेपाल  आर्मी र नेपाल पुलिस बिच प्रतिष्पर्धा हुने भएको छ । यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेबाट सुरु  हुनेछ । यस अघि भएको खेलमा उपाधिको दावेदार मानिएका थी स्टार क्लव र मनाङमस्याङदी क्लब एन्फा कप फुटबल प्रतियोगीताबाट बाहिरीएका छन् ।  दशरथ रंगशालामा हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवद्धारा १–० ले थ्री स्टार र अस्ती भएको खेलमा झापाद्धारा २—१ ले मनाङ हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएका हुन । विजेता एपिएफ र झापा भने प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छन । एन्फाद्धारा आयोजीत २५ गतेसम्म चल्ने प्रतियोगितामा झापा, मनाङ, मोरङ फुटबल क्लव, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल आर्मी, नेपाल पुलिस, संकटा क्लव र थी्र स्टार लगायत ८ क्लबले सहभागीता जनाएका छन् । विजेतालाई १० लाख रुपैया पुरस्कारको व्यवस्था गरीएको छ ।