अध्यक्ष ओली आज स्वदेश फर्किदै

भदौ १९ , काठमाडौं-उपचारको क्रममा भारतमा रहेका  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किदै छन् ।  गत शुक्रबार भारतको म्याक्स अस्पतालमा ‘फलोअप’का लागी जानुभएका ओलीको हालको स्वास्थ्य अवस्था सामान्य रहेकाले फर्किन लाथ्नुभएको अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए  । ओलीको ८ बर्ष अघि सोही अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । एक साता भारत बसाइका क्रममा अध्यक्ष ओलीले परराष्ट मन्त्री सुष्मा स्वराज लगायतका नेताहरुसँग राजनीतिक भेटवार्ता समेत गरेका थिए ।