तीन दलले आज निर्णायक छलफल गर्दै

भदौ १९ , काठमाडौं-संविधानका विवादित विषयमा सहमति खोज् न दलहरुले आज दिनभर छलफल गर्ने भएका छन् । निर्धारित कार्यतालिकामै सहमति जुटाउन बिहानैदेखि दलहरु छलफलमा जुटेको काँग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए । प्रमुख तीनदल नेपाली काङ्ग्रेस, नेकपा एमाले र एकीकतृ नेकपा माओवादीको बैठक दिउँँसो १ बजे बस्ने भएको छ । सिंहदरबारमा बस्ने बैठकमा संघियता र शासकीय स्वरुपका विषयमा सहमति खोजिनेछ ।

यसअघि संविधानसभा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा छलफल हुनेछ । विवादका मुख्य विषय संघियता र शासकीय स्वरुपको विषयमा काङ्ग्रेस एमालेले साझा धारणा बनाइसकेकाले आज एमाओवादीसँग साझा धारणाको प्रस्ताव राखेपछि त्सकै सहमति जुटाउने प्रयास हुनेछ । काङ्ग्रेस र एमालेले संघियतामा ९ प्रदेश र शासकीय स्वरुपमा कार्यकारी प्रधानमन्त्री र आलंकारीक राष्ट्रपतिमा सहमति जुटाएका छन् ।

आगामि भदौ २१ गतेलाई जेठ अघिल्लो संविधानसभाको जेठ १४ मानेर काम गर्ने दलहरुले बताएका छन् । भदौ २१ भित्र भएका सहमतिका आधारमा संविधानको मस्यौदा तयार हुन्छ । तीनदलबीच सहमति जुटेपछि मधेसी मोर्चा सहितको छलफल हुनेछ ।