ओली दिल्लीमा राजनीतिक भेटघाटमा ब्यस्त

भदौ १८, काठमाडौँ-नियमित स्वास्थ्य उपचारको क्रममा दिल्ली जानु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पनी फलोअप गर्दै छन्  । शुक्रबार दिल्ली जानुभएका ओलीको दिल्ली स्थित  मेदान्त अस्पतालमा युरोलोजिष्ट डा अनन्तकुमार र नेप्रोलोष्टि डा दिनेश खुरालले उपचार गरिरहनुभएको  छ । ओलीको उपचार लगत्तै आजै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको  छ । यसअघि शनिबार र आइतबार नियमित परिक्षण गरिसक्नुभएका अध्यक्ष ओलीले त्यहाँ रहदा सोमबार विदेशमन्त्री सुष्मा स्वराजसँग राजनीतिक भेटवार्ता गरेका थिए ।  विदेशमन्त्री स्वराजको कार्यकक्षमा भएको भेटवार्तामा शान्ती, स्थायीत्व र संविधान निर्माणका विषयमा छलफल भएको बभेटमा सहभागी प्रवासी नेपाली संघ भारतका महासचिव युवराज बास्कोटाले  जानकारी दिए ।