संवाद समिति / संसद बैठक बस्दै

भदौ १८, काठमाडौँ-संविधानसभाको सबैभन्दा शक्तिशाली राजनीतक संवाद तथा सहमती समितिको बैठक अजापनि िबस्दैछ । केहीबेरमा सिंहदरबारमा सुरु हुने बैठकमा समितिले सहमति जुटाउन छलफल गर्ने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जाकनारी दिए । शर्माका अनुसार आजको बैठकमा ब्यवस्थापिका अंगको स्वरुपका विषयमा सहमति खोजिनेछ ।  आज सहमति जसुटेपछि दलहरुको आन्तरिक छलफलका आधारमा भोलि शासकीय स्वरुप र संघियतामा सहमति खोजिनेछ । आगामि भदौ २१ गतेलाई जेठ अघिल्लो संविधानसभाको जेठ १४ मानेर काम गर्ने दलहरुले बताएका छन् । भदौ २१ भित्र भएका सहमतिका आधारमा संविधानको मस्यौदा तयार हुन्छ । संघीयतामा कति प्रदेश कायम गर्ने, शासन प्रणाली कस्तो अवलम्बन गर्ने भन्ने विषयमा दलहहरुबीच विवाद छ । यसैबीच ब्यवस्थापिका संसदको बैठक पनि आज बस्दैछ । विपक्षीदल र सत्तापक्षदलबीच सहमति भइनसकेकाले दिउँसो एक बजे बस्ने बैठक सन्चालन हुने नहुने अनिश्चित छ ।