एन्फाले टेरेन लेखा समितिलाई

भदौ १८, काठमाडौं–व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले आर्थिक प्रतिवेदन र खाताबारे प्रष्ट हुने गरी मागेको जवाफ दिन अखिल नेपाल फुटबल संघ (एन्फा)ले अटेर गरेको छ । करोडौंको भ्रष्टाचार गरेको भन्दै एन्फा पदाधिकारीले गरेको उजुरी उपर भदौं ११ को बैठकमार्फत समितिले ३ दिनभित्र जवाफ मागको थियो । तर मंगलबार ७ दिन वितेपनि एन्फाले कुनै जवाफ दिएको छैन् ।

‘म्याद गुज्रिसेक पनि कागजात नआएकाले नोट बनाउन पनि पाएको छैन्’ एन्फा उपसचिव सुरेन्द्र अर्यालले भने ।जवाफ लिएको ३ दिन विज्ञको समेत सुझावलाई नोट बनाएर ३ दिन अध्ययन गरेपछि टुंगोमा पुग्ने निर्णय समितिले गरेको थियो । युवा तथा खेलकुद मन्त्रालयले भने समितिले मागेअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि तनयार पारेको प्रतिवेदन सोमबार नै बुझाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।