पिटिए गर्न अख्तियारी प्रदान

भदौ १७,काठमाडौँ-सरकारले भारतसँग विद्युत् व्यापार सम्झौता (पिटिए) गर्न ऊर्जा सचिव नेतृत्वको टोलीलाई अख्तियारी प्रदान गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीको अध्यक्षतामा बनेको वार्ता टोलीलाई भारतसँग पिटिए गर्न अख्तियारी प्रदान गरेको सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिए ।  पिटिएका लागि नेपालले प्रस्तुत गरेको मस्यौदा र उक्त मस्यौदामाथि भारतले गरेको टिप्पणीसहितको मस्यौदा दुवैलाई राखेर पिटिएको काम अघि बढाउन, वार्ता गर्न र सहमति निर्माण गर्न टोलीलाई सरकारले अख्तियारी प्रदान गरेको हो ।