एन्फा कपमा झापाद्धारा मनाङ पराजित

भदौ १७,काठमाडौँ-राजधानीमा आजदेखि सुरु भएको एन्फा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा झापा क्लबद्धारो गत वर्षको लिग च्याम्पियन  मनाङ मस्र्याङ्दी क्लब  पराजितएको  छ । रथ रङ्गशालामा भएको खेलमा मोफसलको टिम झापसँग २ १ ले पराजित मनाङ प्रतियोगीताबाटै बाहिरीएको छ भने झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

एएफसी प्रेसिडेन्ड कप फुटबल प्रतियोगिताको तयारीमा रहेको मनाङ मस्र्याङ्दीले यस वर्षको पहिलो सिजनको खेलमा नै खराब प्रर्दशन ग¥यो ।झापाको जितमा विशाल राई ए नायक बने । उनले प्रतियोगितामा दुई गोल गरे । राईले खेलको पहिलो हाफको १३ औँ मिनेटमा डिबक्स एरियाबाट प्रहार गरेको बलले सिधै जाली चुमेपछि झापालाई पहिलो अग्रता दिलाए ।       खेलको पहिलो हाफसम्म एक शून्यले अगाडि रहेको झापा खेलको दोस्रोहाफ सुरु भएको ८ मिनेटपछि मनाङ–मस्र्याङ्दीका खेलाडी दीपक राईले गोल फर्काउदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए ।

सुलभ मास्केको क्रसपासमा दीपकले खेलको ५३ औँ मिनेटमा गोल गरे । त्यस्तै, झापाका विशालले मनाङ मस्र्याङ्दीले गरेको एक÷एक गोलको बराबरीलाई लामो समयसम्म टिक्न दिएन । उनले खेलको ६८ औँ मिनेटमा ज्ञानबहादुर मगरको पासमा थप एक गोल गरेपछि २–१ को अग्रता बनाउँदै आफनो टिमको जित सुनिश्चित गरे ।