तीन दलको बैठक निष्कर्ष बिहिन

भदौ १७, काठमाडौ-संविधानका विबादित बिषय तथा अन्तरवस्तुमा सहमति जुटाउन बसेको तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ । राज्यको शासकीय स्वरुप, प्रदेशको मापदण्ड, लगायतका विषयमा नेपाली कांग्रेस, नेकपा  एमाले र एमाओवादी सहितको आज बसिेको बैठक दलहरुका आआफ्नै आडानका कारण सहमति हुन नसकेको स्रोतले जनाएको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संघीयता र राज्यको शासकीय स्वरुपका विषयमा छलफलका लागि मंगलबार विहान प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक डाकेकामा तीन दलका नेताले दलीय धारणा प्रस्तुत गरेसँगै बैठक निष्कर्ष बिहिन बनेको एक नेताए इमेल खबरलाई बताए । आजको बैठकमा ३ दलका शीर्ष नेताहरुले दलीय धारणा प्रस्तुत गर्न घण्टौँ समय लगाएका थिए ।

बैठकमा निर्धारित समयभन्दा आधा घण्टा ढिलो पुगेपनि नेताहरुले समयमै सहमति गर्नु पर्ने अडान भने राखे । उनीहरुले कार्यतालिका अनुसार भदौ २१ गतेभित्रै सहमतिमा नभए नागरिकमा नकारात्मक सन्देश जाने भन्दै उनीहरुले तोकिएकै समयमा सहमति गर्नु पर्ने बताए । तर सहमतिको साझा विन्दुको बारेमा भने तीन दलका दलका शीर्ष नेताहरुले केहि उल्लेख गरेनन् । समितिको अर्को बैठक फेरि  पर्सि बस्नेछ ।