शासकीय स्वरुप र सङ्घीयतामा छलफल कहिले?: थापा

भदौ १७,इटहरी-राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्र्धारित समयमै संविधान आउनेमा आशङ्का व्यक्त गरेका छन् । राप्रपा नेपाल सुनसरीद्धारा इटहरीमा आयोजीत कार्यक्रममा थापाले शासकीय स्वरुप र सङ्घीयताका विषयमा अझ पनि छलफल प्रारम्भ किन हुन नसकेको हो भनी शिर्ष दलका शिर्ष नेतालई इङगित गर्दै प्रश्न तर्स्याएका थिए । अध्यक्ष थापाले विगतमा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेशवादी दलबीच भएको चारबुँदे सहमतिलाई मुद्दा बनाएर संसदअवरुद्ध पार्नु दुःखद भएको बताए ।

संविधानसभाबाहिर उच्चस्तरीय राजनीतिक समिति बनाएर गरिने निर्णय राप्रपा नेपाललाई कुनै पनि हालतमा मान्ने नहुने उनको भनाइ थियो ।  भेलालाई राप्रपा नेपालका केन्द्रीय सदस्य एवम् सभासद् रामकुमार सुब्बा, सयन्द्रा वान्तवा राई, केन्द्रीय सदस्य केदार कोइरालालगायतले सम्बोधन गरेका थिए ।