सहमति नभए प्रक्रियाबाट संविधान आउँछ:अध्यक्ष नेम्वाङ

भदौ १७, काठमाडौ-संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलहरुले संविधानका विवादित विषयहरुमा भदौ २१ गतेभित्र सहमति गरि सक्ने विश्वास व्यक्त गरेका छन् । कथमकदाचित सहमती नभए संविधानसभाको प्रक्रियामा लगेर टुङगो लगाईने अध्यक्ष नेम्वाङको भनाइ छ । राजधानीमा आयोजीत कार्यक्रममा अध्यक्ष नेम्वाङले ‘भने विवादित विषयमा सहमति नभए असहमतिका विषयसहित मस्यौदा संविधानसभामा पेश हुनेछ ।  असहमतिका सबै विषय संविधानसभाको प्रक्रियाले टुङगो लगाउने उनले बताए ।  अध्यक्ष नेम्वाङले संविधान जारी नगर्ने कुनै पनि बहाना बाँकी नरहेको भन्दै अब दलहरुसँग तोकेकै समयमा जारी गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।  जनताको चाहना र दलहरुको प्रतिबद्धता अनुसार ‘माघ ८ भित्र संविधानजारी हुनै पर्ने र आफु त्यसमा नै व्शिस्त रहेको उनले स्पष्ट पारेका छन् । उनले आफूले भदौ २१ गतेभित्रै सहमती गर्नका लागि संवैधानिक समितिका सभापतिहरुसंग समेत छलफल गरेको स्पष्ट पारेका छन् ।