स्वास्थ्य र पदको भन्दा मुलुकको चिन्ता छ : प्रधानमन्त्री

भदौ १७, काठमाडौं -प्रधानमन्त्री सुशील कोइरालाले आफुलाई मुलुकको औधि चिन्ता रहेको तर पद र स्वास्थ्यको कुनै प्रवाह नभएको बताएका छन् । कोइरालाले तोकिएकै समयमा संविधान जारी हुने विश्वास दिलाउंदै संविधानको घोषणासँगै पद त्याग गर्ने प्रतिवद्धता दोहोर्‍याएका हुन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गर्न आज बालुवाटारमा आयोजित कार्यक्रममा कोइरालाले आफूलाई प्रधानमन्त्रीको पद, क्यान्सर रोगको पर्वाह नरहेको बरु मुलुकको चिन्ता रहेको बताए । संविधान जारी भएपछि शान्ति, स्थायित्व र लोकतन्त्रसगसर्गै अगाडी जाने विश्वास पनि प्रधानमन्त्री कोइरालाले ब्यक्त गरेका छन् । कोइरालाले देश नयाँ ढंगबाट अगाडि जाने विश्वास पनि गरे । बाढी–पिडीतको सहयोगार्थ विभिन्न संघसंस्थाले दिएको चेक बुझ्दै कोइरालाले बाढी–पिडीतका नाममा प्राप्त रकम दुरुपयोग हुन नदिने प्रतिवद्धता पनि ब्यक्त गरे । वास्तविक पिडीतलाई सहयोग पुर्‍याउने सरकारी योजना सुनाउंदै प्रधानमन्त्रीले बाढी–पिडीतको नाममा प्राप्त सहयोगको दुरुपयोग गरेको पाइए सम्बन्धित व्यक्तिलाई दण्डित गरिने चेतावनी उनको थियो । प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म  करिव ३० करोड रुपैया जम्मा भएको छ ।