रुसले युक्रेनमाथि भीषण युद्ध सुरु गरेको आरोप

भाद्र १७,काठमाडौं-युक्रेनले रुसमाथि दशौं हजार नागरिकको ज्यान लिने गरी भीषण युद्ध सुरु गरेको आरोप लगाएको छ । युक्रेनका रक्षामन्त्री मालेरी हेलेटले यूरोपले द्धितीय विश्वयुद्धपछि नदेखेको भीषण युद्ध आफूहरुको सम्मुख आएको बताए ।  दुर्भाग्यवश यस्तो युद्धले हजारौको ज्यान लिने युक्रनी रक्षामन्त्रीको अनुमान छ । तर, रुसले भने आरोप अस्वीकार गर्दै  आफूले युक्रेनी जनतालाई रक्तपातपूर्ण गृहयुद्ध तर्फ जानबाट रोकेको तर्क गरेको छ ।

पूर्वी युक्रेनको लुहान्स्कस्थित विमानस्थलबाट रुस समर्थित पृथकतावादीले युक्रेनी सेनालाई खेदेपछि युक्रेनका तर्फबाट यस्तो प्रतिक्रिया आएको हो । यसैबीच, बेलारुसमा युक्रेनी अधिकारीहरुले रुसी प्रतिनिधि र पृथकतावादीसँग गरेको वार्ता बिना सहमति भंग भएको छ । रुसले युक्रेका पृथकतावादीहरुलाई हतियार र सैन्य सहयोग गरिरहेको आरोप अस्वीकार गर्दै आएको छ । (एजेन्सी)