एन्फा कपमा मनाङले झापाको सामना गर्दै

भदौ १७, काठमाडौँ -अखिल नेपाल फुटबल सङ्घको आयोजनामा सुरु भएको एन्फा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा अहिले  मनाङ मस्र्याङ्दी क्लवले झापाको सामना गरीरहेको छ ।  दिउसो १ बजे देखि सुरु भएको खेलमा दुवै टिम बिच कडा प्रतिस्पर्धा भएपनि कुनै टोलीले गोल भने गर्न सकेका छैनन् । प्रतियोगिता हेर्न सीमित दर्शकलाई मात्र प्रवेश गरिएको आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। दशरथ रंगशालामा साधारण प्यारापिट मर्मत भएकाले सीमित दर्शकलाई मात्र प्रवेश गराइको छ ।

सीमित टिकट मात्र विक्रि गर्दा भिडभाड बढ्न सक्ने भएकाले रंगशालामा कडा सुरक्षा व्यवस्थाकाबीच खेल भइरहेको छ । खेल हेर्न गएका दर्शकलाई उत्तर र दक्षिणी क्षेत्रबाट मात्र प्रवेश गराएको छ । संघले लगभग ७ हजार दर्शकले मात्र खेल हेर्न सक्ने बताएको छ ।  प्रतियोगितामा ए डिभिजनका मनाङ्ग मस्र्याङ्गदी, सशस्त्र प्रहरीको एपिएफ, थ्रीस्टार, नेपाल आर्मी, नेपाल पुलिस, र संकटा तथा झापा र मोरङ फुटबल क्लव गरि ८ टीम सहभागि हुनेछन् ।
आजदेखि सुरु भएको खेल  २५ गतेसम्म सञ्चालन हुनछ । नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगिताको विजेता टोलीले १० लाखको साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता टोलीले ट्रफी, मेडलका साथै रु पाँच लाख पाउनेछ ।

त्यस्तै सेमिफाइनलमा प्रवेश गर्ने टोलीले रु एक लाख प्राप्त गर्नेछन् भने प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि पाउने खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ त्यसैगरी प्रतियोगितामा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, प्रशिक्षक र गोलरक्षक घोषित हुने खेलाडी तथा प्रशिक्षकले जनही रु ५० हजार प्राप्त गर्नेछन् । ‘ए’ डिभिजनका छ क्लबलाई प्रतियोगिता तयारीको लागि जनही रु ५० हजार दिने र उपत्यकका बाहिरका टोलीलाई आवतजावत खर्चका साथै खाने बस्ने सुविधा सङ्घले नै व्यवस्था गर्ने आयोजकले जनाएको छ ।