उपत्यका सहित विभिन्न स्थानमा गौरापर्व मनाइदै

भदौ १७, काठमाडौँ -सुदूर तथा मध्यपश्चिमको पर्व गौरा पर्व आज विभिन्न ठाउँमा मनाइदैछ । काठमाण्डु सहित विभिन्न् ठाउँमा महिलाहरुले यो पर्व मनाउने गर्छन । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरापर्व उमा महेश्वरसहित दुबोको पूजा गरेर आज वैदिक सनातन हिन्दू नारीले मनाउने गर्दछन् ।  भाद्र शुक्ल अष्टमी अगाडि नै अगस्ति ऋषि उदय भएको अवस्थामा भने भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिनमा गौरापर्व मनाउनुपर्नेमा अलि ढिलो भएको हो ।  दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । यो दिनमा सुदूरपश्चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्छन् । काठमाण्डुको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासी मनोरञ्जन गर्नेछन् । यस पर्वको उपलक्ष्यमा सरकारले आज बिदासमेत दिएको छ ।