नेकपा माओवादी सहितको मोर्चासँग आज वार्ता हुने

भदौ १७, काठमाडौँ-संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले संविधानसभा भंग गरेर गोलमेच सम्मेलनको माग गर्दै आएको मोहन बैद्य नेतृत्वको नेकपा माओवादी सहितको मोर्चासँग आज वार्ता गर्ने भएको  छ । निर्धारित कार्यतालिका अनुसार नै आफ्नो काम सम्पन्न गर्दै आएको संविधानसभाको सबैभन्दा शक्तिशाली समितिले आजबाट निर्णायक छलफल थाल्ने बताएसँगै संविधानसभा बाहिर रहेको नेकपा माओवादी  सहितको मोर्चासँग वार्ता गर्ने जनाएको हो । माओवादी नेतृत्वको मोर्चासँग दिउँसो वार्ता हुने समिति सदस्य भिम राववले जानकारी दिए । प्रधानमन्त्री निवास वालसुवाटारमा हुने वाताबाट संविधान निर्माणमा माओवादीको भूमिका र उसको मागका विषयमा छलफल हुनेछ । दिउँसो एक बजे माओवादीसँग हुने छलफल अघि दलहरुको सयुक्त र छुट्टा छुट्टै छलफल हुने समिति सदस्य राववलले बताए  ।