निर्धारित समयमा संविधान जारी हुन नदिने षड्यन्त्र: पोखरेल

भदौ १६,काठमाडौँ -नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधानसभाको सर्वोच्चतालाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रका नाममा संविधानसभाको भूमिकालाई कमजोर बनाउन नसकिने बताएका छन् । ुवा सङ्घ नेपालद्वारा आयोजित कार्यकर्ता भेला र बाढी पीडितलाई राहत वितरण कार्यक्रममा उहाँले एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल माघ ८ गते संविधान जारी गर्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाए । उनले संविधानसभाको निर्धारित कार्यतालिकाअनुसार आगामी भदौ २१ गतेभित्र राज्यको शासकीय स्वरूप, निर्वाचन प्रणाली, राज्यको संरचना विषयमा टुङ्गो लगाइसक्नुपर्ने भए पनि एनेकपा (माओवादी) विभिन्न बाहनामा उक्त समयलाई पछि सार्ने षड्यन्त्रमा लागेको उल्लेख गरेका छन् । नेकपा (एमाले) कुनै पनि हालतमा संविधान निर्माणको वर्तमान तालिका संशोधन गर्ने पक्षमा नभएको उनको भनाइ  छ ।