अनियन्त्रित यौन इच्छाले टुटेको जोडी

भदौ १६, काठमाडौँ- भारतको मुम्बइमा एक पुरुषले आफ्नी श्रीमतीले जतिबेला पनि यौन सम्बन्ध राख्नका लागि दवाव दिएको र यौन सम्बन्ध राख्ने समयमा पनि आक्रमक र हिंस्रक भएको भन्दै पारपाचुकेका लागि दायर गरेको मुद्धामा अदालतले पारपाचुके गर्न अनुमति दिएको छ । श्रीमतीमा सम्हाल्नै नसक्ने स्तरमा यौन चाहाना रहेको र आफूले सहन नसकेर अदालत जानु पारेको ती पुरुषले बताएका छन् । श्रीमानले मुद्धा हालेपनि श्रीमती अदालतमा उपस्थित नभएपछी अदालतले पुरुषलाई पारपाचुके गर्न अनुमति दिएको हो ।

अदालतका मूख्य न्यायाधीश लक्ष्मी रावले आफूहरुसँग अरु विकल्प नै नभएको बताए । ती पुरुषले आफ्नी श्रीमतीको यौन चाहना अत्याधिक रहेको भन्दै गत जनवरीमा पारपाचुके गर्न पाउनु पर्ने मागसहित मुद्धा दायर गरेका थिए । उनीहरुको सन् २०१२ को एप्रिल महिनामा विवाह भएको थियो । पत्निले आफूलाई यौन सम्बन्ध राख्नकै लागि विभिन्न औषधी र रक्सी खान बाध्य पारेको गुनासो समेत उनले अदालतमा गरेका थिए । आफूलाई अनेक पटक अप्राकृतिक यौन सम्बन्ध राख्न बाध्य तुल्याएको समेत उनले अदालतमा बताए ।

पत्निले आफूले मन नलागेको समयमा पनि यौन सम्बन्ध राख्न बाध्य पारेकी श्रीमतीले भनेको नमाने अर्कैसँग जाने धम्की दिएको पनि उनको भनाइ छ । चिकित्सकलाई देखाउन आग्रह गर्दा श्रीमतिले उल्टै जे पनि गर्न सक्ने धम्की दिएको पनि उनले बताए । यो सबै बयान सुनेपछि ती पुरुषलाई सम्बन्ध विच्छेदका लागि अनुमति दिने निर्णय अदालतले गरेको छ ।