झडपमा ३ को मृत्यु, ४ सय ७५ घाइते

भदौ १५, काठमाडौँ-पाकिस्तानमा सरकार बिरोधी प्रर्दशनले चरम रुप लिएको छ । राजधानी ईसलामावादमा प्रर्दशनकारी र प्रहरीबिच झडप हुदा ३ जनाको मृत्यु भएको छ भने ४ सय ७५ जना घाईते भएका छन् । घाईते मध्ये ७५ जना प्रहरी छन् बाँकी सर्बसाधरण रहेका छन् । प्रर्दशनकारी राजधानी ईस्लामाबादमा मात्र नभएर अन्य शहरहरुमा पनि फैलिएका छन् । प्रधानमन्त्री नवाफ सरिफको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनकारीलाई साम्य लगाउने क्रममा प्रहरीले टिएर ग्यास फालेको हो । सरकारको बिरोध गर्दै हजारौ प्रर्दशनकारी सडकमा उत्रिएपछि प्रहरीलाई आन्दोलन साम्य गाउन हम्मे, हम्मे परेको विदेशका सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री सफि भ्रष्टाचारी भएको भन्दै उनीहरुले तत्काल राजीनमा दिनुपर्ने नभए कडा आन्दोलन गर्ने चेतावनि दिएका छन् ।