दाहाललाई संयोजक मान्न दुई सर्त

भदौं १६,काठमाडौं-उच्चस्तरीय राजनीतिक समिति गठनका लागि दुईवटा सर्त माने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संयोजक बनाउन सत्तासीन कांग्रेस एमाले तयार देखिएका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, यी दुई सर्तमा शान्तिप्रक्रियाका बाँकी काममात्र पुरा गर्ने कार्यक्षेत्र स्वीकार गर्नुपर्ने र समितिमा तीन दलमात्रै सहभागी हुनुपर्ने छन् ।

कांग्रेसका एक वरिष्ठ नेताका अनुसार यी दुई सर्त माने दाहाल संयोजक बन्नसक्ने प्रस्ताव पठाइएको छ । यसको अर्थ यो समितिको कुनै सवैधानिक हैसियत हुँदैन । नेता नारायणकाजी श्रेष्ठले भने कांग्रेस र एमालेले यो प्रस्ताव प्रष्टसँग नल्याएको बताए ।