राजधानीमा सुदूरपश्चिमाञ्चल महोत्सब हुँदै

भदौ १५, काठमाडौँ-राजधानीमा आज सुदूरपश्चिमाञ्चलल महोत्सब हुदैछ ।  बाजुरा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सब अपराह्न्न पछि सुरु हुने प्रतिष्ठानले जनाएको  छ   । महोत्सवमा देउडा, हुड्केली, भुओ, बालोनाच, हास्यव्यंग्य, फोटो प्रदर्शनी लगायत प्रस्तुति रहने प्रतिष्ठानका अध्यक्ष लालबहादुर थापाले जानकारी दिए ।सुदूर तथा मध्यपश्चिम क्षेत्रको भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र संवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको थापाले बताए । कार्यक्रममा नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, सुरेश शाही, महेश औजी, लालबहादुर थापा, विनोद बाजुराली, रामचन्द्र काफ्ले, मिलन लामालगायतको प्रस्तुति रहने छ ।