थ्री अन थ्री बास्केटबलको फाइनल आज

भदौ १५, काठमाडौँ -थ्री अन थ्री बास्केटबल प्रतियोगीताको दोश्रो संस्करण आजदेखि राजधानीमा सुरु हुँदैछ ।  तीन जना खेलाडीले मात्रै प्रतिस्पर्धा गर्ने प्रतियोगीताको बिजेताले एक लाख रुपैयाँ प्राप्त गर्ने आयोजक पेरिविङकल टेड सभिसका निर्देशक दिपेश घलले जानकारी दिनुभयो । घलेका अनुसार उपविजेताले ५० हजार र तृतीय हुनेले २५ हजार रुपैया  प्राप्त गर्नेछन् । त्यस्तै महिला तर्फका विजेताले ५इ हजार, २५ हजार, र १५ हजार रुपैया प्राप्त गर्नेछन् ।  यसैबिच सवोत्कृट पुरुष खेलाडीलाई २५ हजार र महिलालाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।