संसद बैठकमा बिनियोजन बिद्येकमा छलफल हुने

भदौ १५, काठमाडौँ-व्यबस्थापीका संसदको बैठक आज बस्दै छ । दिउसो १ बजे संबिधानसभा भवन नयाबानेश्वरमा बस्ने बैठकमा बिनियोजन बिद्येक माथिको छलफललाई निरन्तरता दिने कार्यसुचि रहेको संसद सचिवालका प्रबक्ता मुकुन्द शर्माले जानकारी दिए । यसअघि शुक्रबारको बैठक चार बुदे सहमती कार्यान्वयन नभएको भन्दै एकीकृत नेकपा माओवादीलगायत विपक्षि दलहरुले अबरुद्ध गरेका थिए ।

प्रतिपक्षी दलहरुले सत्ताधारी पार्टीले साना दलहरुलाई माईनस गरेर जान लागेको भन्दै असन्तुष्टि जनाउदै संसद अबरुद्ध गरेका हुन् । चारबुदे सहमती कार्यान्वयनको विषयमा दलहरुले छलफल गरेपनि अझै सहमती जुट्न सकेको छैन । एमाले अध्यक्ष केपी सर्मा ओली स्वास्थ्य परिक्षणकोलागि भारत गएकोले तत्काल सहमती कार्यान्वयनमा दलहरुबीच सहमती नहुने भएको छ ।