एलए र सेन्ट जेभियर्स संयुक्त च्याम्पियन

भाद्र १५,काठमाडौ – लिटिल एन्जल्स (एलए) स्कुल र सेन्ट जेभियर्स आठौं एलए/जेटीआई अन्तर स्कुल जुनियर खुला लनटेनिसमा शनिबार संयुक्त टिम च्याम्पियन बनेका छन्। दुवैले समान ५१-५१ अंक जोडे। काष्ठमण्डप ४५ अंकमा दोस्रो र रातो बंगला ३९ अंकमा तेस्रो भए। यस्तै, पेनउड एकेडेमी ३३ अंकमा चौथो तथा द बि्रटिस स्कुल १८ अंकमा पााचौंमा रहे।

प्रतियोगिताको अन्तिम दिन यू-१६ गल्र्स सिंगल्समा पेनउडकी इरा राउत पहिलो भइन्। फाइनलमा इराले बि्रटिसकी एनी माथेमालाई ६-४ र ७-६ ले पराजित गरिन्। यू-१६ ब्वाइज सिंगल्सको उपाधि रातो बंगलाका आभाष मल्लले जिते। उनले फाइनलमा सेन्ट जेभियर्सका प्रणव खनाललाई ६-३ र ६-२ ले हराए। उत्सवी जोशी यू-१२ गल्र्स सिंगल्स च्याम्पियन बनिन्।

फाइनलमा उत्सवीले काष्ठमण्डपकी अल्सा रेग्मीको चुनौती ६-४ र ६-१ ले समाप्त पारिन्। यसअघि यू-१२ ब्वाइज सिंगल्समा शुभताराका सम्यकभूषण वज्राचार्य, यू-८ सिंगल्स ब्वाइजमा काष्ठमण्डपका रनव सिंह र गल्र्समा अजा रेग्मी, यू-१० सिंगल्सको ब्वाइजमा सेन्ट जेभियर्सका आदित सुवेदी र गल्र्समा एलएकी सलोनी तामाङ तथा यू-१४ सिंगल्सको ब्वाइजमा सेन्ट जेभियर्सका प्रणव खनाल पहिलो भए।