बढ्ने भो दसैंको मुखमा हवाई भाडा

भदौ १५,काठमाडौं–आन्तरिक उडान गर्ने विमान कम्पनीले दसैंअगाडि भाडादर बढाउने भएका छन् । यसअघि सरचार्ज मात्रै बढाउँदै आएका विमान कम्पनीले यस पटक भाडादर नै वृद्धि गर्न लागेका हुन् । यस सम्बन्धमा वायुसेवा संचालक संघ (आयोन)ले निर्णय गरी एक महिनाअघि नै सदस्यहरुलाई जानकारी (सर्कुलर) जारी गरेको थियो ।‘महँगो दरको भाडामा वृद्धि हुने होइन,’ आयोनका कोषाध्यक्ष रुपेश जोशीले भने,‘सस्तो दरको भाडामा केही थप गर्न लागिएको हो ।’ पछिल्लो पटक विमान कम्पनीहरुले गत मार्चमा हवाइ इन्धनको मूल्यवृद्धिसँगै भाडामा जोडिने इन्धनबापत लिइने शुल्क बढाएका थिए ।

कहाँको भाडा कति ?

धनगढीका लागि सस्तो टिकटका लागि ६ हजार १ सय तिर्नेले अब ६ हजार ४ सय ५० तिर्नुपर्ने भएको छ ।त्यस्तै नेपालगंजका लागि ५ हजार ४ सय ६५ को सट्टा ५ हजार ७ सय १५ रुपैयाँ भाडा पुगेको छ । भरतपुरका लागि ३ हजार १० रुपैयाँ भाडा रहेकोमो ३ हजार १ सय १० तिर्नुपर्ने आयोनले जानकारी दिएको छ । यो भाडा इन्धनवापतको मूल्य र बढेको भाडादरसहित हो । त्यस्तै भद्रपुरको भाडा ५ हजार २ सय २० बाट बढाएर ५ हजार ४ सय २०, विराटनगरको ४ हजार ४ सय ९५ बाट, ४ हजार ६ सय ९५ , भैरहवाको ४ हजार ३ सय पुगेको छ । त्यस्तै तुम्लिङटारका लागि ५ हजार २ सय ८० रहेकोमा ५ हजार ५ सय रुपैयाँ,पोखराको ३ हजार ३ सय ८० ३ हजार पाँच सय पुगेको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।