संसद अवरुद्ध गरेर निकास निस्कदैन – प्रम कोइराला

भदौ १४ , काठमाडौँ  – प्रधानमन्त्री सुशील कोइरालाले सहमति जुटाएर संविधान निर्माणको कामलाई तीव्र बनाउनुपर्ने बेलामा संसद् अवरोध गरेर निकास ननिस्कने बताएका छन् । प्रधानमन्त्री कोइरालासँग राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्ले र समितिका समाचारदाताहरुले आज समसामयिक विषयमा राखेको जिज्ञासामा उहाँले संसद्मा हुने अवरोधले संविधान निर्माणको कामलाई बाधा पुग्ने धारणा राखेका छन् ।

शान्ति प्रक्रियालगायत हालसम्मका काम वार्ता र सहमतिका आधारमा समाधान भएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले वार्ताका माध्यमबाटसमाधान गर्न सकिने कोइरालाको भनाई थियो । उनले संविधान लेखनको महत्वपूर्ण कार्यलाई तोकिएको समयमै सम्पन्न गर्न सबैलाई साथै लिएर जान र विपक्षी दलबाट भएको मागलाई भने छलफल गरेर निकास निकाल्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

चारबुँदे सहमति कार्यान्वयनका लागि विपक्षी दलहरुले उठाएको मागको सम्बन्धमा सोधिएको एक प्रश्नमा प्रधानमन्त्री कोइरालाले निकास त दिनुर्ने र यसैमा हामी अल्झेर बसिराख्न नहुने साथै  छलफल गरेर निकास निकाल्नुपर्छ सबैलाई लिएर जानुपर्नेमा कोइरालाले जोड दिएका छन् । शान्ति प्रक्रियाका कतिपय कुरा पूरा भएका र संविधान निर्माणको प्रक्रियासमेत नियमित तबरले दु्रत गतिमा अघि बढेको बताउँदै प्रधानमन्त्रीले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी काम सुरु भइसकेको सन्दर्भ उल्लेख गरे ।