बस दुर्घटनामा तीनको मृत्यु, दर्जन बढी यात्रु घाइते

भदौ १४ , गोरखा –   गोरखाको आरुघाटबाट सदरमुकामतर्फ आउँदै गरेको यात्रुबाहक बस आज बिहान ११ बजे दारेगौडा भन्ने स्थानमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ना४ख १३९५ नम्बरको यात्रुबाहक बस बगुवा गाविसको खान्चोक बजार नजिकैको दारेगौडामा दुर्घटना भएको प्रहरी ले जनाएको  छ ।

दुर्घटनामा दर्जन बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेको पहिचान भइनसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् ।

घाइतेहरुलाई बगुवा उपस्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ । गम्भीर घाइतेलाई भने जिल्ला अस्पताल गोरखा ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ । घाइतेको उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट थप उद्धार टोली घटनास्थल पठाइएको प्रहरीले जनाएको छ ।