गजल गायन प्रतियोगिताको फाइनल

 काठमाडौँ  –दोस्रो राष्ट्रिय गजल गायन २०७१को फाईलन प्रतियोगीता आज राजधानीमा हुँदैछ । राप्तीसमाज काठमाण्डौको आयोजनामा सञ्चालन हुने प्रतियोगीतमा आज १० उत्कृष्ठ प्रतियोगीहरुले फाईनलमा सहभागिता जनाउने समाजका अध्यक्ष शशी शर्मा मजगैयाले जानकारी दिए ।  अध्यक्ष शर्माका अनुसार प्रतियोगितामा प्रथम स्थान ओगट्ने स्रष्टालाई दश हजार ५ सय, द्धित्तियलाई ८ हजार ५ सय ,  तितृय लाई ५ हजार ५सय र सान्तोना पुरषकार  २५सय रुपैयाँ प्रदान गरिने छ  ।

यसैबिच समाजले हरेक बर्ष प्रदान गर्दै आएको नेशनल गजल अवार्ड यो बर्ष सङगीतकार दिपक जङगम, गायिका निशा देशार, र गजलकार डा कृष्णहरी बराललाइ प्रदान गरने छ ।  समाजले राप्ती अञचलमा बसेर स्थानीय गजल साहित्यलाई मुल धारमा परिचित गराउन कृयाशिल स्रष्टा पुर्ण भण्डारी पंकजलाई अभिननदन गर्दैछ ।

सो अवसरमा अघिल्लो बर्षको प्रतियोगीमा प्रथम हुने स्रष्टा शरद अधिकारीलाई पनि सम्मान गरिने समाजले जनाएको छ । कार्यक्रममा  सङगीतकार सन्तोष श्रोष्ठले राप्ती गजल साहित्यको पृष्ठभुमीका बारेमा एक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।  प्रतियोगीता दिउँसो २ बजे देखि राजधानिको दरबारम्युजिक क्लब नारायहीटी संग्रहलयमा हुने अध्यक्ष शर्माले बताए ।