कोकाकोला कप फाइनल आज देखि

भदौ १४ , काठमाडौँ – कोकोकोला कप अन्तरविद्यालय राष्ट्रि फुटबल प्रतियोगिताको फाइनल चरणँका खेलहरु आज देखि काठमाडौंमा सुरु हुने भएको छ ।  प्रतियोगिताको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार फाइनल चरण्ाँका खेलहरु काठमाडौंको सानो गौचरन खेल मैदानमा हुँदै छ । छात्रतर्फ सहभागी देशभरका ११ सय ६४ विद्यालयहरुलाई दुई चरणमा छनोट खेल खेलाई फाइनल चरणको लागि १६ टोली छनोट गरिएको छ । मध्यमाञ्चल बाहेक विभिन्न ४ विकाशक्षेत्रबाट दुई–दुईओटा टीम तथा काठमाडौंबाट ८ ओटा टीमगरी कुल १६ टीम फाइनलका लागि छानिएका हुन् । छात्रतर्फको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार तथा चौथो हुने टीमले ५० हजार रुपैंया पुरस्कार जित्नेछन् । यसैगरी, छात्रातर्फ देशका विभिन्न ठाउमा भएको क्षेत्रीय प्रतियोगिताहरुबाट छनोट भएका ४ ओटा टोली र काठमाडौंका ४ टोली गरी कुल ८ टोलीहरुले फाइनल चरणँ खेल्नेछन् ।