बाढी प्रभावित क्षेत्रमा रोगको संक्रमण,६ जनाको मृत्यु

भदौं १४, नेपालगन्ज- बाँकेको बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको संक्रमण फैलिएको छ ।  राप्तीपारी गंगापुरको सोनबर्षामा  एक साता भित्र ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, बृद्धबृद्धा तथा पुराना रोगीहरु छन् । सोनबर्षा गाविसको वडा नंं १, २ र ३ मा विभिन्न रोगको संक्रमण देखिएको हो ।

संक्रमणबाट गंगापुर ३  सोनवर्षाका ५२ वषिर्य कुन्जीलाल यादव, २ नं। वडाका ५५ वषिर्य लेदे तेली र ६० बषिर्य चमारा विश्वकर्माको मृत्यु भएको जिल्ला जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले बताए ।  आजको कान्तिपुर दैनिक लेख्छतीमध्ये यादवको मात्र ज्वरो ज्यान गएको र अन्य दुई जनाको पुरानो रोगकै कारण मृत्यू भएको उनको दाबी छ ।

स्थानीयबासी भोला मौर्यका अनुसार, साविर दर्जीका एक महिने छोरा, भोला साईंका २ वषिर्या छोरी र  तिलक चमारका ५ बषिर्य छोराको पनि ज्वरो आउने, हातखुट्टा र टाउको दुख्ने, रुघाखोकी लाग्ने, बेहोस भई  मृत्यु भएको छ ।