विद्युतको महसुल बढ्ने, कति हुदैँछ त ?

भदौं १४, काठमाडौं- विद्युत प्राधिकरणले विद्युत महसुल औसत २० प्रतिशतले बढाउन गरेको प्रस्तावमा शुक्रबार अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागीले मिश्रित प्रतिक्रिया दिएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

उपभोक्ता अधिकारकर्मीहरुले महसुल बृद्धिको विरोध गरेका छन् भने उर्जा उत्पादकहरुले समर्थन जनाएका छन् । अन्तरक्रियामा प्रस्तुत प्रस्ताव अनुसार सिंगल फेज अन्तर्गत २० मासिक युनिटसम्म् विद्युत खपत गर्ने उपभोक्ताले प्रतियुनिट ५ रुपैयाँ तिर्नुपर्नेछ ।

हाल मासिक २० युनिटसम्म खपत गर्दा ८० रुपैयाँ तिरे हुन्छ । त्यस्तै २१ देखि ५० युनिटसम्म प्रतियुनिट ७ रुपैयाँ ३० पैसाबाट ८ रुपैयाँ ८० पैसा, ५१ देखि १ सय ५० युनिटसम्म प्रतियुनिट ८ सय ६० पैसाबाट १० रुपैयाँ ३० पैसा, १ सय ५१ युनिटदेखि २ सय ५० युनिटसम्म ९ रुपैयाँ ५० पैसाबाट ११ रुपैयाँ ४० पैसा र २ सय ५१ युनिटदेखि माथि ११ रुपैयाँबाट १३ रुपैयाँ २० पैसा पुर्याउन प्रस्ताव गरिएको छ ।