थप ३० औषधि निःशुल्क

भदौं १४, काठमाडौं -सरकारले स्वास्थ्थ सेवालाई प्रभावकारी बनाउन थप ३० किसिमका औषधि निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । आजको राजधानी दैनिक लेख्छ,  यो निर्णयसँगै निशुल्क औषधिको संख्या ७० पुगेको छ । चालू आर्थिक बर्षको बजेटमार्फत प्रस्ताव गरिएको थप निशुल्क औषधि उपलब्ध गराउने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको स्वास्थ्थमन्त्री खगराज अधिकारीले जानकारी दिए । उनले जनतालाई सर्वसुलभ स्वास्थ्थ सेवा दिन र स्वास्थ्थ उपचारलाई ग्रामिण तहसम्म सहज ढंगले पुर्याउने हिसावले निशुल्क औषधि संख्या थप गरेको बताए । हाल सरकारले ४० किसिमका औषधि निशुल्क उपलब्ध गराउँदै आएको छ ।