सभासद मनोनयमा ओलीका ६, नेपालका २ मात्रै

भदौं १४,काठमाडौं- समावेशीका आधारमा आफ्नो कोटाका सभासद सिफारिस गरिएको एमालेले जनाएको छ । मापदण्ड तय गरी शीर्प नेताहरुसँगको परामर्शमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नाम सिफारिस गरेको उनीनिकट स्रोतको दाबी  रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।  घनीभूत छलफल र शीर्ष नेताहरुबीचको परामर्शका आधारमा नाम सिफारिस गरिएको छ, ओली निकट स्रोतले भन्यो ।

ओली पक्षका तर्फबाट अग्नी खरेल, डाक्टर राजन भट्टराई, गंगा डाँगी, पेम्बा बोटे, पर्तमान धिमाल र मीरा ध्वजु सभासद बनेका छन् । माधव नेपाल तर्फबाट भने नरेश खरेल र उदय नेपाली श्रेष्ठलाइ सभासद बनाइएको छ । मनोनयन सभासदका विषयमा एमालेभित्र मनमुटाव सुरु भएको छ ।