दर्शक मैदान छिरेपछि नेपालको म्याच प्रभावित

भदौं १३, काठमाडौं -एसियाडका लागि अभ्यासका क्रममा नेपाल र बंगलादेशवीच खेल्न लागिएको मैत्रीपूर्ण म्याच हजारौं दर्शकको अवरोधका कारण ढिलो गरी शुरु भएको छ । १० हजार भन्दा बढी दर्शक ढाकाको सेल्हेल्त मैदानमा छिरेपछि दुवै टोलीले खेल्न अस्वीकार गरेका थिए । उनीहरु तोडफोड गर्दै मैदानमा छिरेका थिए ।

 म्याच अझै शुरु हुन सकेको छैन । पहिलो म्याचमा नेपाल १–० ले हारेको थियो ।म्याच केहीबेर अघि शुरु भएको छ ।दुवै तर्फबाट गोल भएको छैन ।