त्रिविमा पुनः अख्तियारद्धारा छापा

भदौ १३, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायमा आज पुनः छापा मारेको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालय, दोस्रो उच्च शिक्षा परियोजना र व्यवस्थापन संकायमा अख्तियारको टोलीले आज अपरान्ह छापा मारेको हो ।

ती शाखामा ब्यापक आर्थिक अनियमितता भएको उजुरीपछि छापा मारिएको हो । टोलीले ठूलो परिमाणमा कागजपत्र नियन्त्रणमा लिएको पनि अख्तियारले जनाएको छ । केही दिनअघि पनि अख्तियारले त्रिविका १४ ओटा विभागमा छापा मारेको थियो ।