पोखरामा गैरकानुनी रुपमा बस्ने पर्यटक बढे

भदौ १३, काठमाडौँ –गैरकानुनी रुपमा पोखरामा बस्ने पर्यटकको संख्या बढ्न थालेको छ । पासपोर्ट च्यातेर, भिसा सकिएर र वर्षौदेखि भिसा नथपी बस्ने र पर्यकट भिसामा आएर व्यवसाय गर्ने पर्यटकको संख्या पछिल्लो समयमा वृद्धि भएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

शंकास्पद देखिए गल्ती गरे अथवा स्थानीयसँग उनीहरको व्यवहारका कारण उजुरी परेमात्र यस्ता पर्यटक पक्राउ पर्ने र कानुनी दायरमा आएपछि मात्र गैरकानुनी रुपमा बसेको थाहा हुने भएकाले यसर बस्ने प्रवृत्ति बढेको हो । गैरकानुनी रुपमा बस्ने पर्यटकको अनुगमन नहुदाँ वर्सेनी यस्तो सख्या बढ्दै छ । गत वर्ष ४६ जना समातिएका थिए ।