तीजमा ७ लाख पुगे पशुपति ,पूर्वरानी कोमल गईनन्

भदौ १३, काठमाडौँ – हरितालिका तीजमा यस वर्ष पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने र मन्दिर परिसर पुग्ने महिलाको संख्या ७ लाख ६० हजार पुगेको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ, पशुपति क्षेत्र विकास कोषका अनुसार बिहीबार साँझसम्म तीन लाख १० हजारले मन्दिरको दर्शन गरे ।

बाँकी ४ लाख ५० हजार भने मन्दिर परिसरमा सहभागी भई नाचगानमा सहभागी भए । कोषका सदस्यसचिव डाक्टर गोविन्द टण्डनले गतवर्षभन्दा यस बर्ष दर्शनार्थी बढेको बताए । उनले भने मन्दिर दर्शन मात्र सवा ३ लाखले गरे । बाँकी ४ लाख भन्दा  भन्दा धेरै महिला भने गौशाला, चाबहिल, मित्रपार्क लगायतका क्षेत्रमा नाचगानमा थिए ।

यो सख्या विगतको वर्षको भन्दा धेरै हो । पूर्वरानी कोमल शाह पहिलो पटक तीजको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न गईनन । उनी प्रत्येक वर्ष दर्शन गर्न जान्थिन ।