‘पुन्टे परेड’ असोज ३ मा

काठमाडौँ –भाद्र २७ बाट प्रदर्शनमा आउने भनिएको नेपाली चलचित्र ‘पुन्टे परेड’ अब असोज ३ मा प्रदर्शनमा आउने भएको छ । ‘निशानी’सँग जुध्ने चर्चा भएता पनि आफुहरुको आपसी सहमतिमा भाद्र २७ बाट असोज ३ मा पुगेको निर्देशक सुवास कोइरालाले बताए । ‘निशानी चलचित्रलाई पनि नयाँ निर्माताले बनाउनुभएको हो, हामी पनि नयाँ छौँ । एकसाथ रिलिज गर्दा एकअर्कालाई मर्का पर्ने भएकोले सहमतिमै असोज ३ मा हामी गएका हौ’ निर्देशक कोइरलाले प्रस्ट्याए । ‘हामीले गरेको च्यारेटीबाट आएको प्रतिक्रियाको आधारमा केहि परिवर्तन गरेका छौ, त्यसले गर्दा पनि ढिला भएको हो’ निर्देशक कोइरालाले सुझावलाई प्रयोग गरेको बताए । ‘पुण्टे परेड’लाई आइडियाज एण्ड इमेजेज प्रा.लि.को व्यानरमा हरि महत, सुरज कोइराला र अनिल अधिकारीले संयुक्त निर्माण गरेका हुन् । संयम पुरी, एन्जिला दाहाल, निलु डोमा शेर्पा, सरोज श्रेष्ठ, नाजिर हुसेन, रविन्द्र अधिकारी लगायतको अभिनय रहेको चलचित्रमा कन्सेप्ट निलु डोमा शेर्पाको रहेको छ भने यसको पटकथा तथा संवाद शान बस्न्यातले तयार पारेका हुन् । बाबु श्रेष्ठले खिचेको यस फिल्ममा तारा प्रकास लिम्बु र टेकनन्द लामाको संगीत रहेको छ ।