क्रिकेट प्रशिक्षक पुवुदु काठमाडौंमा

भदौ १२,  काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायके काठमाडौं फर्किएका छन् । करिव ३ महिनाको क्यानडा बसाइपछि पुबुदु विहीबार काठमाडौंमा ओर्लिएका हुन् । नेपाली क्रिकेट टिमलाई विश्वकप सम्म पुर्‍याउन मुख्य भूमिका खेलेका प्रशिक्षक पुबुदुलाई स्वागत गर्न नेपाली क्रिकेट टिमका सबै खेलाडी र क्रिकेट पदाधिकारी सहितका खेल अधिकारीहरु त्रिभुवन विमानस्थल पुगेका थिए ।

क्रिकेट संघ क्यानले पुबुदुलाई राख्ने खर्च नभएको भन्दै अनुबन्ध नविकरण नगरेपछि पुबुदु फर्किने निश्चित नभएको भन्दै क्यानडातिर लागेका थिए । उनी गएपछि निराश देखिएका नेपाली क्रिकेट टिमका खेलाडीहरु पुबुदु फर्किएपछि हर्षित देखिन्थे ।

पुबुदु गएपछि नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खडकाले पुबुदुलाई फिर्ता नबोलाए आफू क्रिकेट नखेल्ने घोषणा गरेका थिए । चौतर्फि दवाव पछि सरकारले असारको अन्तिममा पबुदुलाई नेपाल राख्न चाहिने खर्च ब्यहोर्ने घोषणा गरेपछि खेलकुद मन्त्रालयको पहलमा उनलाई पुनः नेपाल बोलाइएको हो ।