इबोलाका कारण नाइजेरियाली चिकित्सकको मृत्यु

भदौ १२,  काठमाडौं -पश्चिम अफ्रिकामा महामारीको रुपमा फैलिएको इबोला भाइरसका कारण नाइजेरियामा पनि एक चिकित्सकको मृत्यु भएको छ । लागोस सहर नजिक हारकोर्ट बन्दरगाहमा एकजना चिकित्सकको इबोलाका कारण मृत्यु भएको नाइजेरिया सरकारले पुष्टि गरेको छ ।

ती चिकित्सककी पत्नीलाई क्वारेनटाइनमा राखिएको छ भने शंकास्पद ७० जनालाई निगरानीमा राखिएको अधिकारीहरुले जनाएका छन् । नाइजेरियामा इबोलाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । त्यहाँ २ सय ४० भन्दा बढी स्वास्थ्यकर्मी इबोला भाइरसबाट संक्रमित छन् ।

गिनीबाट फैलिएको इबोला भाइरसको संक्रमणले लाइबेरिया, सियरालियोन बढी प्रभावित छन् । इबोलाका कारण हालसम्म मृत्यु हुनेको संख्या १५ सय ५० पुगेको छ भने कम्तिमा ३ हजार संक्रमित रहेका छन् । विश्व स्वास्थ्य संगठनले इबोला भाइरसका कारण संक्रमित हुनेको संख्या २० हजार नाघ्ने अनुमान गरेको छ ।