माओवादीद्धारा चितवन बन्दको आव्हान

भदौ १२,  चितवन- नेकपा माओवादीले शुक्रबार चितवन बन्द आह्वान गरेको छ । भारत सरकारको सहयोगमा निमार्ण गरिएको चितवनको माडीमा रहेको माडी वहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्न भारतीय राजदुत रन्जित रे चितवन पुगेपछि माओवादीले जिल्ला बन्द आह्वान गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । आजै चितवन पुगेका नेपालका लागि भारतीय राजदुत रे ले भने राजदुतवाट भवन उद्घाटन गर्ने कार्यक्रमको नेकपा माओवादीवाट विरोध भईरहेको विषयमा आफुलाई कुनै जानकारी नभएको बताए । तर कार्यक्रमलाई भारतीय हस्तक्षेप भन्दै नेकपा माओवादी चितवनले भोली चितवन वन्दको आव्हान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको वेला गरेका प्रतिवद्धताहरु तत्काल पुरा गराउने पनि राजदुत रेले बताएका छन् ।