सत्तारुढ दलद्धारा एमाओवादी र वैद्य माओवादीसँग सहमति प्रयास जारी

भदौ १२, काठमाडौ  – उच्च स्तरीय राजनीतिक समीतिको माग राख्दै आएको प्रमुख प्रतिपक्षी एमाओवादीलाई सहमतीमा ल्याउन सक्तरुढ दलहरुले आज पनी प्रयास जारी राख्ने भएका छन् । भोलीका लागि बोलाईएको व्यवस्थापिका संसदको बैठक अगावै आफ्ना माग पुरा नभए स्थगित गर्ने घुर्कि लगाउँदै आएको एकीकृत माओवादी ले बताएपलिाई सहमतीमा ल्याउन  सत्तारुढ दलहरुले सहमतिको प्रयासमा छलफललाई तिब्रता दिन लागेको सरकारका प्रवक्ता एवंम संचारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

मन्त्री रिजालका अनुसार  नेकपा माओवादी बैठक बस्न तयार भएको अवस्थामा एकीकृत माओवादीसँग सम्बन्ध चिसिन थालेकाले आज दुवै पक्षसँग छलफल गर्ने प्रयास भैरहेको छ । एकीकृत माओवादीले भनेको ४ बुँदे सम्झौता अनुसारको उच्चस्तरिय राजनीतिक संयन्त्रका बारेमा सहमति गरेर अन्य पक्षसँगको सहमतिलाई अघि बढाउने तयारी प्रधानमन्त्रीले गरिरहको बताइएको  छ ।