भिडभाडका कारण पशुपति क्षेत्रको ट्राफिक प्रभावित

भदौ १२, काठमाडौ – हिन्दु नारीको महान  पर्व तिजको अवसरमा आज राजधानीको ट्राफिकमा यसको प्रभाव पर्ने भएको  छ । ट्राफिक प्रहरीले आज पशुपति क्षेत्र आसपास हुदै चल्ने सवारीलाई अन्यत्र डाइभर्सन गरिएसँगै चावहील, एयरपोर्ट लगायतका पशुपति क्षेत्र आसपासको क्षेत्रमा यसको प्रभाव पर्ने टाफिक प्रहरीले जनाएको  छ ।  ट्राफिक प्रहरीका अनुसार पशुपति क्षेत्रमा हुने भीडभाडले सवारी आवगमनमा समस्या हुने भएकाले आज बिहान देखि बेलुका ६ बजेसम्म डाइभर्सन गरिने छ ।

कोटेश्वर तीनकुने एयरपोर्ट हुदै गौशाला तर्फ जाने सवारीलाई तिलगंगा सिनामंगलबाट डाइभर्सन गरिएको  छ । महाराजगंज सुकेधारा हुँदै चाबहिलतर्फ जाने सवारी साधानलाई चाबहिल गोपीकृष्ण करिडोरबाट डाइभर्सन गरिएको  छ । मैतीदेवी हुँदै गौशाला जाने सवारी साधान पुरानो वानेश्वर मैतीदेवी करिडोरबाट डाइभर्सन गरिएको  छ ।

कालोपुल हुँदै गौशालातर्फ जाने  सवारी साधानलाई सिफलबाट, रातोपुल हुदै गौशालातर्फ जाने सवारी साधनलाई द रातोपुलबाट, जोरपाटी बौद्ध पासाङल्यामु चोक हुदै गौशाला जाने सवारीलाई चाबहिल चुच्चेपाटीबाट डाइभर्सन गरिएको  छ ।

यसैबिच पाशुपत क्षेत्रमा पार्किङका लागी पनि निश्चित स्थान तय गरिएको  छ । अत्यावश्यक सेवाका तथा सुरक्षकर्मीका सवारी साधनलाई प्रहरी वृत  गौशाला, विशिष्ट पास भएका  सवारी साधनलाई देवउद्यान कोषको कार्यलयमा पार्किङ ब्यबस्था गरिएको छ । अन्य नीजि तथा सार्वजनिक सवारी साधनलाई तिलगंगा, सिफलचौर र गुहेश्वरीमा पाकिङको व्यबस्था मिलाइएको   छ ।