दासानाईके आज नेपाल आउँदै

भदौ १२, काठमाडौ – नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानाईके आज नेपाल फर्कने भएका छन् । सरकारले एक वर्षकोलागी पदावधि थप गर्नेे भए पछि राष्ट्रिय टोली समाल्न श्रीलङकाली मुलका क्यानाडाली प्रशिक्षक दासानाईके नेपाल आउने भएका हुन ।

नेपाल क्रिकेट संघ क्यानले दासानाईकेको करार नथपे पछि चौतर्फी दबाबका कारण सरकारले गत असार १७ गते पदावधि थप गरेको थियो । दासानाईकेले सन २०११ मा नेपाली क्रिकेट टोलीको प्रशिक्षक बनेर एसिसी ट्रफ्री र आईसीसी टी २० विश्व कपमा छनोट गराई नेपाललाई ऐतिहासिक सफल्ता दिलाई सकेका छन् ।

नेपाली क्रिकेट टोली यतिबेल एसीएली खेलकुदको तयारीमा रहेको छ । दुईमहिना पछि आईसीसी वल्र्ड डिभिजन लिगमा नेपाली टोलीले तिन खेल खेल्दै छ ।