उच्चस्तरीय समितिमा कांग्रेस सकारात्मक

 भदौ १२ , काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालासहितका कांग्रेसका केही नेताहरु राज्य सत्ताको बाँडफाँडको बिषय नजोडिने गरी उच्चस्तरीय राजनीतिक समिति बनाउन सकारात्मक देखिएका छन् । आजको कान्तिपुर दैनिक लेख्छ,  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कुनै न कुनै रुपमा भूमिका नदिए निर्धारित मितिमा संविधान आउन नसक्ने निष्कर्ष सहित प्रधानमन्त्री कोइराला समिति बनाउन सकारात्मक भएका हुन् । उसमा सत्ता साझेदार एमालेको मुफरक अडानले कोइरालालाई अप्ठेरो परेको छ ।

प्रधानमन्त्री कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला पूर्व सहमतिअनुसार समिति बनाउन सकारात्मक भएका हुन् । गत पुस ९ मा तीन दलबीच भएको चार बूँदे सहमतिको दोस्रो बूँदामा उच्चस्तरीय समिति बनाउने उल्लेख छ ।  बेपत्ता छानविन तथा सत्यनिरुपण आयोगलगायत शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न र संविधान निर्माणमा सहयोग गर्न प्रमुख दलका शिर्ष नेता रहेको उच्चस्तरिय राजनीति समिति गठन गर्नेु सहमतिमा उल्लेख छ ।

प्रधानमन्त्री कोइरालाले सोमबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार निवासमै बोलाएर सहमति अनुसार अघि बढ्न आफू सकारात्मक भएको सन्देश दिएका स्रोतले बतायो । उनले सत्तासाझेदार दल एमालेकै कारण अप्ठ्यारो परेको बताउदै संविधान निर्माणलाई सहयोग गर्न आग्रह गरेका थिए । तर, दाहालले समिति नबनाएसम्म बैठकमानै अनुपस्थित हुने बताएपछि सत्तारुढ दलभित्रै समिति बनाउनु पर्ने र नपर्ने बिच विवाद बढ्ने देखिएको छ ।

कांग्रेसमा उपसभापति रामचन्द्र पौडेल भने समितिको पक्षमा छैनन ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको बैठकमा पौडेलले उच्च स्तरीय समिति आवश्यक नभएको र सबै निर्णय संसदबाट हुने निश्कर्षमा कांग्रेस, एमाले पुगेको बताएपछि एमाओवादीले बैठक बहिष्कार गरेको थियो । त्यसपछि पनि पौडेलले उच्चस्तरीय समिति बनाउन नहुने अभिव्यक्ति दिदै आएका छन ।

कांग्रेसका पौडेल सहित एमालेका नेताहरुले समिति बनाउँदा कुन(कुन पार्टीलाई सहभािग गराउने र समितिको नेतृत्व कसरी लिने भन्ने जस्ता विवाद आउने र  त्यसले अघि बढीरहेको संविधान निर्माणको प्रकृयालाई असर गर्ने तर्क गर्दै आएका छन । चारबुँदे सहमति गर्नुअघि पनि एमालेले उच्चस्तरीय समितिको औचित्व समाप्त भएको बताउँदै आएको थियो ।

एमाले उपाध्यक्ष भीम रावलले संविधानसभाभित्र महत्वपुर्ण सम्वैधानिक समितिको नेतृत्व एमाओवादीले गरीरहेको अवस्थामा संविधानबाहिरको अनौपचारिक समिति आवश्यक नहुने बताउँछन् । समिति बनाउने कुरा हुनासाथ नेतृत्वको कुरा हुन्छ । कति दललाई समावेश गर्ने भन्ने बिवाद आउँछु रावलले भने,अहिले संविधानका काम अघि बढीरहेका बेला थन्किएको बिषयलाई किन अघि ल्याएर अप्ठ्यारो पार्ने भन्ने बिषय बालुवाटार बैठकमा कांग्रेसरएमालेले उठाएको हो । एमाओवादीले यसअघिनै उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व आफूहरुले पाउनुपर्ने प्रस्ताव राखेको थियो ।

समिति बनाउनेरनबनाउने भन्ने बिषयले विवाद बल्झिदाँ  केही दिनदेखि संविधानका मुख्य विवादित बिषयमा सहमति खोज्ने कार्य अबरुद्ध हुँदै आएको छ । पूर्व सहमति कार्यान्वयन गर्न सत्तारुढ दल कांग्रेसरएमाले तयार नभए बैठकमै नआउने एमाओवादीले घोषणा गरेको छ । प्रधानमन्त्री कोइरालाले बुधबार संविधानसभा बाहिर रहेको नेकपा(माओवादीसहितका चार दललाई बोलाएको बैठक  एमाओवादी अनुपस्थिती भएका कारण हुन सकेन ।