आगजनीको आरोपमा मलेसीयामा ५० नेपाली पक्राउ

भदौ ११, काठमाडौ – मलेसीयामा कार्यरत नेपालीको मृत्यु पछि मलेसियाली कम्पनीमा मजदूरले आगो लगाएका छन् ।  कम्पनीको लापरवाहीको कारण बिहीबार छातिको बिरामी परेका झापाका हर्कबहादुर निरौलाको मृत्यु भएको घटनालाई लिएर कामदार र कम्पनीबीच विवाद चर्किएपछि कम्पनीमा आगो लगाइएको बिबिसीले जनाएको  छ  ।

कम्पनीमा आगजनी पछि नेपालीसहित कम्तिमा करिब ५० जना पक्राउ परेका छन्  ।  नेपालीसहित मलेसियाली प्रहरीले इलेक्ट्रोनिक्स सामग्री निर्यात कम्पनी जेसिवाइ इन्टरनेशनलमा कार्यरत कामदारलाई पक्राउ गरिएको र यो क्रम अझै बढ्ने अनसमान  छ ।

आगो लगाउने काममा १ हजार भन्दा बढी नेपाली कामदारको पनि संलग्न रहेको भन्दै उक्त घटनामा नेपालीहरू पनि पक्राउ परेका हुन्।  विवाद समाधान गर्न क्वालालाम्पुर स्थित नेपाली दूताबासका कर्मचारी मलेसीया पुगीसकेका छन् ।  कम्पनीमा ७५०० नेपाली मजदुर कार्यरत छन् ।